बदमाश बन्दैछु
आज केही खास बन्दैछु
फेरी बदमाश बन्दैछु
बास्नाहरु मनपर्न छाड्यो
त्यसैले पलास बन्दैछु
एक्लै बस्छु हास्छु कैले
कहिले निराश बन्दैछु
डुबेर चुर्लुम्म मदिरामा
सधैं रित्तो गिलास बन्दैछु
भेट्ने डर छ बेईमानिहरु
चैतको बतास बन्दैछु
जलाउ आउ अनुभव यो
लौ शिशिर मास बन्दैछु
Categories: गजल
nice blog……
Great gazal. I really liked it.