तब जिन्दगी सकस हुन्छ
जे हुन्छ नियतबश हुन्छ
तब जिन्दगी सकस हुन्छ
मौरी झ्याम्मिदैनन फूलमा
झरेपछी कहाँ रस हुन्छ !?
मान्छे झुक्दैन् आफ से आफ
जो सँग अथाह यश हुन्छ
ढलको पानी पनि शुद्द हुन्छ
जहाँ सुनको कलश हुन्छ
पोखिन्छ “अनुभव” छताछुल्ल
जब दिलमा खसखस हुन्छ
Categories: गजल